एसपीको पुरस्कार सार्वजनिक
मातृभूमी संवाददाता । २४ कात्तिक दैलेख
एसपी कलेक्सन दैलेखले आफ्नै आउटलेटमा चाडपर्व धमाकेदार अफर अन्र्तगतको पुरस्कार सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूले आफ्नो रोजाइलाई मध्यनजर गर्दै घटस्थापनादेखि छठ सम्ममा सपिङ गर्ने हरेक ग्राहकलाई कुपनको व्यवस्था गरेको थियो ।
सोही कुपनमा महादक्षिणा अन्तर्गत भाग्यशाली एकजना विजेतालाई स्मार्ट मोबाइल फोन र अन्य दुईजना विजेतालाई शुभ आशीर्वाद अन्र्तगत रु. ५/५ हजार बराबरको सपिङ कुपनको व्यवस्था गरेको थियो ।
आफ्नै आउटलेटमा फेसबुक लाइभ तथा केही ग्राहकहरुको उपस्थितिमा पुरस्कार सार्वजनिक गरिएको एसपी कलेक्सनका सञ्चालक सुशीला खत्रीले जानकारी दिईन् । पुरस्कार सार्वजनिक गरे अनुसार मोबाइल फोन जित्ने विजेता नारायण नगरपालिका १ का अभिषेक अनुराग (मोबाइल नः ९८५१०७९५५२) रहेका छन् ।
यस्तै पाँच/पाँच हजारको सपिङ कुपन प्राप्त गर्ने अन्य दुई जनामा नारायण नगरपालिका २ का रियान थापा (मोबाइल नम्बर ९८४४८०६१०२) र नारायण नगरपालिका ८ का संगीता राना (मोबाइल नम्बर ९८४८१०३११) रहेका छन् ।
एसपी कलेक्सनका सञ्चालक खत्रीले भनिन् “चाडपर्वको अवसर पारी हामीले हाम्रा ग्राहकलाई सहुलियत रुपमा सामानमा समेत विशेष छुट गरेका थियौं । साथै विशेष प्याकेजका रूपमा यो धमाकेदार अफरको पनि व्यवस्था गरेका थियौँ ।”
साथै आगामी वर्षहरूमा पनि ग्राहकहरूलाई केन्द्रित गरी यस प्रकारका विशेष अफरहरूको कार्यक्रमलाई निरन्तरता दिने संचालक खत्रीले जानकारी दिईन् । पुरस्कार यही महिनाको २५ गते वितरण गरिएको छ ।