अज्ञात व्याक्तिद्धारा विद्यालयमा आगजनी, ८ लाखभन्दा धेरैको क्षति
मातृभूमी संवाददाता । ११ मंसिर
दैलेखको नौमुले गाउँपालिका २ ठुलो चम्लाया श्री महावै आधारभुत विद्यालयमा अज्ञात व्याक्तिबाट आगजनी हुँदा ८ लाख ५० बराबरको क्षति भएको छ । अज्ञात व्याक्तिले कार्यालय रहेको कोठामा आगजनी गर्दा झण्डै ८ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नौमुले जनाएको छ ।
हिजु राती अन्दाजी ११ बजे अज्ञात व्याक्तिले आगजनी गरेको स्थानीयबासी तिलकबहादुर सिंहले बताए । आगलागी गरिएको र आगलागीबाट ८ लाख ५० हजारको क्षति भएको इलाका प्रहरी कार्यालय नौमुले जनाएको छ । हिजु ३ घण्टाको पैदल यात्रा गरेर इलाका प्रहरी कार्यालयका प्रहरी हल्वदार यज्ञबहादुर ओलीको कमाण्डको गएको प्रहरीको टोलीले आगजनीबाट जलेर नष्ट भएका सामाग्रीको मुचुल्का बनाएको छ । आगजनीबाट २०४६ देखी हालसम्म तथ्यांकका कागजपत्र जलेर नष्ट भईसकेको महावै आधारभुत विद्यालयका प्रधानाध्यापक रमित सिंहले बताए ।
प्रधानाध्यापक रमित सिंहका अनुसार अफिस कोठा पुरै जलेर नष्ट भएको र सँगै रहेको अर्को कोठामा पनि आगजनी हुँदा क्षति पुगेको जानकारी दिए ।