दैलेखकाे महाबु गाउँपालिकाकाे अध्यक्षमा एमालेका शाही विजयी

मातृभूमी संवाददाता । १७ मंसिर, दैलेख
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले ३ हजार १ सय २७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष शाही २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेकोबाट महावु गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । उनी २०७८ मा नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लागेका थिए । स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी महावु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।
उनी २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा महावु गाउँपालिकाको अध्यक्षमा तेस्रो भएका थिए । त्यतिवेला शाही नेकपा एकीकृत समाजावादीवाट उम्मेदवार भएका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा काँशीकाँध गाउँ विकास समितिको उपाध्यक्ष निर्वाचित भएका थिए ।
यस्तै स्थानीय तह उपनिर्वाचनमा दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित भएका छन् । उनले ५ सय ७४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाहीले ५ सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृत बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *