शिविरमा १ सय ३० जनाले लिए सेवा
मातृभूमी संवाददाता । १९ मंसिर
दैलेख दुल्लु अस्पतालमा सञ्चालन भएको हाडजोर्नी सम्बन्धी शिविरमा १ सय ३० जनाले सेवा लिएका छन् । शिविर १४ गतेबाट सुरु भएको थियो । सामाजिक विकास मन्त्रालय, दुल्लु नगरपालिका र सोलुखुम्बु पोलीटेक्निकल एकेडेमी काठमाडौंको सहकार्यमा शिविर सञ्चालन भएको हो ।
शिविरमा १ सय ३० जना सेवाग्राही मध्ये ५७ जनाको शल्यक्रिया गरेका छन् । शिविरको समापन कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आर्थिक अभावले उपचारमा थलिएका बिरामीको निःशुल्क उपचार भएको बताए । स्वास्थ्य संवेदनशीलता प्रति गम्भीर हुँदै सहज सुलभ स्वास्थ्य उपचारका लागि शिविर सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
उहाँले एकेडेमीका तर्फबाट यस किसिमका नवप्रवर्तनात्मक कार्य हुने अपेक्षा समेत गरे । नगरप्रमुख भरतप्रसाद रिजालले साधन स्रोतको अभाव भएको ठाउँमा धेरै नागरिकलाई लक्षित गरी सेवा प्रदान गरेको प्रति खुशी व्यक्त गरे । सीमित स्रोत साधनमा सञ्चालन भइरहेको अस्पतालमा चाहे जस्तो गुणस्तरीय सेवा प्रदान गर्न कठिनाई भएको नगर प्रमुख रिजालको भनाई रहेको थियो ।