भाेट नदिएकाे भन्दै प्रधानाध्यापकले गरे कुटपिट

मातृभूमी संवाददाता । २० मंसिर दैलेख
महावु गाउँपालिकाका एक शिक्षकले मादक पदार्थ सेवन गरी ८१ वर्षिय वृद्धलाई कुटपिट र अभद्र व्यवहार गरेका छन् । महावु गाउँपालिका ४ मा रहेको शिव प्राथमिक विद्यालय फागुका प्रधानाध्यापक दिपेन्द्र सिंहले मादक पदार्थ सेवन गरी ८१ वर्षीय गोगन बहादुर शाहीलाई कुटपिट र अभद्र व्यवहार गरेका हुन् ।
उपनिर्वाचनमा आफुले भनेको उम्मेदवारलाई भोट नदिएको भन्दै प्रधानाध्यापक सिंहले ८१ वर्षिय वृद्ध शाहीलाई कुटपिट र अभद्र व्यवहार गरेको पिडितका आफन्त दिनेश शाहीले वताए । प्रधानाध्यापक सिंहले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी ८१ वर्षिय वृद्धलाई गाली गलौज समेत गरी कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीले वताएका छन् । घाइते शाहीको जिल्ला अस्पताल दैलेखमा उपचार गरी अभद्र व्यवहारमा मुद्धा दिने तयारी गरेको पिडितका आफन्त शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *