ट्रकले ठक्कर दिदाँ दैलेखमा एक जना महिलाको मृत्यु

मातृभूमी संवाददाता । २४ मंसिर दैलेख
ट्रकले ठक्कर दिदाँ दैलेखमा एक जना महिलाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको लु २ ख ४००८ नम्वरको मिनि ट्रकले नारायण नगरपालिका ८ मालपोत कार्यालय नजिकै ठक्कर दिदाँ नारायण नगरपालिका ६ की ४६ बर्षिया अमृता कामीको मृत्यु भएको हो ।
दुर्घटना लगतै घाइते अवस्थामा अमृतालाई जिल्ला अस्पताल दैलेख पुर्‍याईएको थियो । उपचारकै क्रममा अस्पताल पुर्‍याएको झण्डै आधा घण्टा पछि अमृताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्सपेक्टर सत्यनारायण चौधरीले जनाकारी दिए ।
घटना लगतै फरार भएको ट्रक र ट्रक चालकलाई प्रहरी नारायण नगरपालिका ६ स्थीत जनक चोकवाट नियन्त्रणमा लिएको हो । ट्रक चालक सिद्धार्थ नगरपालिका १३ रुपन्देही बस्ने २९ वर्षका गणेश दमाईलाई प्रहरी नियन्त्रणमा लिएको इन्सपेक्टर चौधरीले जनाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *