अटेरी कार्यालय प्रमुख उपाध्याय, एउटै कार्यालयमा दुई हाकिम

मातृभूमी संवाददाता । २५ मंसिर दैलेख

डिभिजन बन कार्यालय दैलेखका तत्कालीन कार्यालय प्रमुख धर्मराज उपाध्याय सरुवा हुँदा समेत अटेरी गरेर कार्यालयमै बसिरहेका छन् । नयाँ कार्यालय प्रमुख राधाकृष्ण दास सरुवा भएर आइ कार्यालयमा यहि मंसिर १० गते हाजिर भैसकेका छन् । बन निर्देशनालयमा सरुवा भैसकेका उपाध्याय अटेरी गर्दै १५ दिनदेखि डिभिजन बन कार्यालय दैलेखमै बसेका छन् ।

डिभिजन बन कार्यालय दैलेखका कार्यालय प्रमुखको मोबाइल नम्बर ९८५८०५०१३२ मा फोन गर्दा नयाँ कार्यालय प्रमुखले नभई पुरानै कार्यालय प्रमुख रेग्मीले नै उठाउने गरेका छन् । डिभिजन बन कार्यालय दैलेखको नबनिर्मित भबन उद्घाटनको बहाना गर्दै पुराना कार्यालय प्रमुख उपाध्याय सरुवा हुँदा समेत अटेरी गरेर कार्यालयमै छन् ।

जिम्मेवारी बिहिन रहेका तत्कालीन कार्यालय प्रमुख उपाध्याय अझै कार्यालयमा टालियर बसेका छन् । नयाँ कार्यालय प्रमुख दाससंग यस बिषयमा बुझ्दा तत्कालीन कार्यालय प्रमुख उपाध्याय सरुवा भएको र रमाना समेत बुझिसक्दा पनि जान नमानेको बताए । कार्यालयको बेवसाइटमा समेत कार्यालय प्रमुख भनेर उपाध्यायलाइ नै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *