दैलेख शाखामा कार्यकाल बाँडफाँड : पहिलो १८ महिना सुनारलाई

जित बहादुर थापा (रोशन) । २९ मंसिर दैलेख
नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा कमल प्रसाद शर्मा र अमर बहादुर सुनारको मत बराबर भएको छ । शुक्रबार भएको निर्वाचनमा शर्माले ३० र सुनारले ३० मत प्राप्त गरेको छन् । गोलाप्रथाबाट अध्यक्षका उम्मेदवारले आधा-आधा कार्यकाल बाँडेका छन् । पहिलो १८ महिनाको कार्यकाल अमर बहादुर सुनारलाई र दोस्रो १८ महिनाको कार्यकाल कमल प्रसाद शर्मालाई परेको निर्वाचन समितिको कार्यालयले जनाएको छ । त्यसैगरी उपाध्यक्षमा महेन्द्र सापकोटाले ३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी तिर्थ भण्डारीले २५ मत ल्याएका छन् । यस्तै महिला उपाध्यक्षमा बाल कुमारी बुढा मगर (विनु) निर्विरोध निर्वाचित भएकी थिईन् ।
दैलेख शाखको सचिवमा ४३ मत सहित सचिव भीम बहादुर सिजापति विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी अंगत बहादुर शाहीले १८ प्राप्त गरेका छन् । कोषाध्यक्षमा कुमार प्याकुरेलले ३८ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी केशवराज पौडेलले २३ मत प्राप्त गरेका थिए । यसैगरी खुल्ला सह-सचिवमा जीवन आचार्यले ३१ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी सुरेन्द्र बहादुर शाहीले २५ मत प्राप्त गरे भने समावेशी सह-सचिवमा पृथ बयलकोटी निर्विरोध निर्वाचित भएका थिए ।

शाखाको महिला सदस्यमा पानसरा सिंह, अन्य सदस्यमा कृष्ण प्रसाद अधिकारी, जनजाति सदस्यमा वशन्त वहादुर थापा मगर निर्विरोध निर्वाचित भएका छन् । यस्तै दलित सदस्यमा डम्बर बहादुर वि.क., खुल्ला सदस्यहरुमा हिमेन्द्र वि.क., खगेन्द्र खड्का, धरम रत्न थापा मगर, रामकृष्ण कठायत, कमल प्रसाद जैसी विजयी भएका छन् ।
यस्तै केन्द्रीय परिषद् सदस्यमा गोविन्ददेव भारती ३० मतले विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी लोकेन्द्र पौड्यालले १८ मत प्राप्त गरे । प्रदेश परिषद् सदस्य कृष्ण प्रसाद शर्मा, विष्णु कुमार शाही, भरत राज अधिकारी र याम प्रसाद शर्मा निविरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *