पेट्रोलियम पदार्थ अन्वेषणको काम ८० प्रतिशत सम्पन्न

भगवती कुमारी खत्री । ३० मंसिर (जलजले) दैलेख
दैलेखमा रहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको छ । दैलेखको जलजलेमा भैरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
२०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार ५ सय ९० मिटर पुगेको छ । ४ हजार मिटर देखि ४ हजार ५ सय मिटरसम्म जमिन मुनि ड्रिलिङ गरेर पाइप पुर्‍याईने छ । पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियान अन्र्तगत काम चौविसै घण्टा सञ्चालन भैरहेको छ ।
अन्वेषणको अहिलेसम्मको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभाग अन्र्तगतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । चार हजार मिटर गहिराई सम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ छ वा छैन भनेर पत्ता लाग्ने महाशाखा प्रमुख त्रिपाठीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *