पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

मातृभूमी संवाददाता । ३० मंसिर काठमाण्डौ
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा १ सय ४८ रनमा अलआउट भयो ।
त्यसअघि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए ।
यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । समूह चरणको अन्तिम खेलमा भोलि कणर्ाली र सुदूरपश्चिमबीचको खेलमा कणर्ालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउनेछ ।
लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ र कणर्ाली गरी तीनवटा टोलीबीच प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *