जन्मेको २८ दिन भित्रका नवजात शिशुको जीवन जोखिममा

मातृभूमी संवाददाता । ३० मंसिर दैलेख
जन्मेको २८ दिन भित्र धेरै नवजात शिशुको जीवन जोखिममा हुने स्वास्थ्यकर्मीले बताएका छन् । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा सोसेक नेपालले सञ्चालन गरेको सशक्त महिला समृद्ध नेपाल परियोजनाले दैलेख सदरमुकाममा आयोजना गरेको कार्यक्रम स्वास्थ्यकर्मीले यस्तो बताएका हुन् ।
दैलेख अस्पतालका नर्सिङ इन्स्पेक्टर स्टाफ नर्स प्रतिमा गौलीले बाल मृत्यूदरको तथ्यांक हेर्दा सबैभन्दा धेरै जन्मेको २८ दिन भित्र नवजात शिशुको मृत्यू हुने गरेको वताईन् । जन्मेको २८ दिन भित्र नवजात शिशुको जीवन जोगाउन सजगता अपनाउनु पर्ने वताईन् ।
लैंगिक हिंसामा महिलाहरु बढी पीडित हुने गरेको, कानूनले रोके पनि भ्रुण पहिचान गरी छोरी भए गर्भपतन गराउने, छोरी जन्मेमा आमा छोरीकै पोषणमा बेवास्ता गर्ने, शिक्षा र बृतिविकासमा पनि अवसर कम दिइएको कारण महिलाहरुको मनोबल कमजोर हुने गरेको नर्सिङ इन्स्पेक्टर गौलीले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *