डुङेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

जित बहादुर थापा (राेशन) । ३० मंसिर–

दैलेखको डुङ्गेश्वर गाउपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनकल्याण माध्यमिक विद्यालय सेर्माकोटमा सम्पन्न भएको छ । ‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनकल्याण मावि सेर्माकोटको प्राङ्गणमा सम्पन्न भएको हो ।

डुङ्गेश्वर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता ३० गते सम्पन्न भएको खेलकुद विकास समितिका अध्यक्ष राजु कुमार खत्रीले जानकारी दिए ।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनकल्याण मा.वि सेर्माकोट प्रथम, सीता मा.वि अवलपराजुल द्वितिय र त्रिवेणाी संगम मा.वि चुप्रा तृतीय भएको अध्यक्ष खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *