कर्णालीमा यस वर्ष धान उत्पादन बढ्यो
मातृभूमी संवाददाता । ०३ पुष दैलेख
कर्णालीमा यस वर्ष धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ हजार २ सय २१ मेट्रिक टन धान बढी उत्पादन भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी पूणर्बहादुर थापाले गत आर्थिक वर्षमा १ लाख २४ हजार ९ सय ६९ मेट्रिक टन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा १ लाख ३० हजार ७ सय ९० मेट्रिक टन धान उत्पादन भएको बताए । उनले सबै भन्दा कम डोल्पामा धान उत्पादन भएको बताए । डोल्पामा ३ सय ५० मेट्रिक टन उत्पादन भएको र १ सय ९९ हेक्टर खेती योग्य जमिन रहेको बताए ।
दैलेखमा २५ हजार १ सय २० मेट्रिक टन धान उत्पादन भएको र जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ हजार ६ सय २० मेट्रिक टन बढी धान उत्पादन भएको बताए । सुर्खेतमा ५२ हजार ९ सय ४ मेट्रिक टन धान उत्पादन भएको र जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ हजार ९ सय ९ मेट्रिक टन भन्दा बढी धान उत्पादन भएको बताए । यस्तै मुगुमा ८ सय ८५ हेक्टरमा धानखेती गरिएकामा ९ सय ७५ मेट्रिक टन उत्पादन भएको बताए ।
कालीकोटमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेको र गत आर्थिक वर्षमा २ हजार ४ सय १५ हेक्टरमा धानखेती भएकामा चालु आर्तिक वर्षमा २ हजार ४ सय २५ हेक्टरमा धान खेती गरिएको बताए । उत्पादनका दृष्टिले समेत अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय १८ मेट्रिकटन बढी अर्थात ५ हजार ५ सय मेट्रिक टन उत्पादन भएको बताए ।
रुकुम पश्चिममा २ हजार ६४ हेक्टर जमिनमा धान खेती गरिएकामा ५ हजार ४ सय ८५ मेट्रिक टन धान उत्पादन बताए । सल्यानमा ६ हजार ७ सय ६० हेक्टरमा धान खेती गरिएकामा २३ हजार ६ सय ३० मेट्रिक टन धान उत्पादन भएको बताए । यसैविच जाजरकोटमा ६ हजार ७ सय ८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको र जारकोटमा २ हजार ५ सय ६० हेक्टरमा धानबाली भएको सूचना अधिकारी थापाल बताए ।