दैलेखमा एक वर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटना

मातृभूमी संवाददाता । ०३ पुष दैलेख
दैलेखमा एक वर्षको अवधिमा ७५ वटा मानव अधिकार उल्लंघनका घटना अभिलेखिकरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२४ मा एक वर्षको अवधिमा संकलन गरेको मानव अधिकार वर्ष पुस्तक घटनाहरुको समीक्षा गरिएको छ । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष एवं इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२४ मा दैलेखमा ७५ वटा घटना अभिलेखीकरण भएका जानकारी दिए ।
मानव अधिकार वर्ष पुस्तक घटनाहरुको समीक्षा कार्यक्रमा सुनारले बालिका बलात्कार १७, घरेलु हिंसा १६, बहुविवाह ८, कुटपिट अभद्र व्यवहार ८, महिला बलात्कार ६, व्यक्ति हत्या ५, बाल यौन दुव्र्यवहार ५, ज्यान मार्ने उद्योग ४, आत्महत्या दुरुत्साहन ३ र कथित बोक्सी आरोप घटना १ अभिलेखीकरण भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *