सुर्खेतमा निस्सासिएर आमा र छोराको मृत्यु, छोरी गम्भीर घाइते
जित बहादुर थापा (रोशन) । ०४ पुस दैलेख
सुर्खेतकाे वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ भने छोरी घाईते भएकी छन् । वीरेन्द्रनगर ४ भैरव स्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा र छोराको निस्सासिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती रहेका छन् । गम्भीर घाइते ९ वर्षीय रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।