सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जनकपुरलाई

मातृभूमी संवाददाता । ०६ पुष दैलेख–

पहिलाे संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटाएकाे हाे । त्यस अघि त्रिभुवन विश्वविद्यलय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ८४ रन बनाएकाे हाे ।

सुदूरपश्चिम अंक तालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यस अघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो । एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफी सहित १ करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैविच तेस्रो टोली कर्णाली  याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गएको मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुर सहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए । पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देश भित्र मात्रै नभई विदेशमा समेत चर्चा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *