पेट्रोलियम पदार्थ अन्वेषण : अन्तिम चरणको ड्रिलिङ जारी

जित बहादुर थापा (राेशन) । ०७ पुष दैलेख 

दैलेखमा रहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८५  प्रतिशत सम्पन्न भएको छ । दैलेखको जलजलेमा भैरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८५ प्रतिशत सम्पन्न भएको हो ।

२०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम हिजो शनिवार सम्म ३ हजार सय ८ मिटर पुगेको छ । ४ हजार मिटर देखि ४ हजार ५ सय मिटरसम्म जमिन मुनि ड्रिलिङ गरेर पाइप पुर्‍याईने छ । पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियान अन्र्तगत काम चौविसै घण्टा सञ्चालन भैरहेको छ ।

अन्वेषणको अहिलेसम्मको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभाग अन्र्तगतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । ४ हजार मिटर गहिराई सम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ छ वा छैन भनेर पत्ता लाग्ने महाशाखा प्रमुख त्रिपाठीले बताए ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि तोकिएको समय अगावै सम्पन्न गर्ने  महाशाखा प्रमुख त्रिपाठीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *