नेपाल जेसीजको अध्यक्षमा थापा अत्यधिक मतले बिजय
मातृभूमी संवाददाता । ०९ पुष इटहरी
नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा जेसि रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१ औं रास्ट्रिय महाधिवेशनबाट अर्का प्रतिस्पधी जेसि जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् ।
थापाले ७ सय ६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्कीले ४ सय ५३ मतमा प्राप्त गरेका छन् । यस अघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि रबिन पोखरेलसँग पराजीत भएकी थिईन् । यस्तै जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जेसि गणेश सापकोटा, जेसि एलिना महर्जन, जेसि कृष्ण सापकोटा र जेसि सौरभ श्रेष्ठ निर्वाचित भएको दैलेख जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि प्रकाश कुमार बुढाले जानकारी दिए ।
यस्तै, रास्ट्रिय उपाध्यक्षहरूमा जेसि सन्दीप खत्री, जेसि दीपक अधिकारी, जेसि सुमित्रा भट्टराई, जेसि धनराज कँडेल, जेसि सुजन थापा काजी, जेसि संगम कार्की, जेसि बबिता पाण्डे, जेसि अभिषेक दुलाल, जेसि उज्वल काबरा, जेसि सुवास गौतम, जेसि राघव कोइराला र जेसि मनिप्रसाद अर्याल विजयी भएको बुढाले बताए । मनोहरा जेसीज बर्ष २०१९ कि अध्यक्ष रहेकी थापा यस अघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् ।
नेपाल जेसीजको २१ सदस्यीय कार्य समितिमा (१७ जना निर्वाचित) १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् । भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको अध्यक्ष बुढाले बताए ।