दैलेखमा बोलेरो दुर्घटना हुँदा बालक सहित ८ जना घाइते

जित बहादुर थापा (राेशन) । ११ पाैष दैलेख 

दैलेखमा जिप दुर्घटना हुँदा बालक सहित ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो दैलेख देखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०५३५ नम्बरको जिप दुर्घटना हुँदा बालक सहित ८ जना घाइते भएका हुन् ।

मध्यपहाडी राजमार्ग अन्तरगत नारायण नगरपालिका ८ सिमाडा स्थित स्वास्थ्य चौकि नजिक दुर्घटना हुँदा बालक सहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइतेहरुको दैलेख अस्पतालमा उपचार भैरहेको र घटनाको थप अनुसन्धान भैरहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।घाइते मध्ये ४ जनालाई सुर्खेत रेफर गर्ने तयारी भैरहेको दैलेख अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *