दैलेखी सेवा समाजको २९ औँ वार्षिक उत्सव सम्पन्न

मातृभूमी संवाददाता । १२ पाैष दैलेख 

दैलेख लगायत कर्णालीका विभिन्न व्यक्तिहरूलाई परेका समस्याहरूको सारथि बनेको दैलेखी सेवा समाज काठमाडौँले आफ्नो २९ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवलाई सम्बोधन गर्नका लागि सभामुख देवराज घिमिरे लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । समाजले सेवा भावले काम गरेकोमा घिमिरेले प्रशंसा गर्दै अझैँ मानव सेवामा समर्पित हुन आग्रह गरे।

दैलेख बिभिन्न जातजातिको उद्धगम थलो हुनुका साथै कला संस्कृति, इतिहास विशिष्ट भएकोले यसको खोज अध्ययन र अनुसन्धानका लागि सबैले दैलेख पुग्नुपर्ने घिमिरेले बताए । “दैलेखी सेवा समाजले सिङगो देशलाई मानबिय एकतामा जोडे्काले यस्तो प्रेरेणादायी काम हरु जिल्लाले पनि सिक्नु पर्ने बताए” । दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीले वार्षिक उत्सवमा सेवा समाजले पश्चिम नेपालको पहिचानलाई झल्काउने सांस्कृतिक देउडा, मारुनी, भुड्की नाचको, साथमा लोक प्रिय इन्द्रणी कलाकारहरुको प्रस्तुति, दैलेखलाई चिनाउने बिभिन्न कला, प्रतिभाको प्रस्तुती गरिएको बताए ।

सेवा समाजले काठमाडौँ लगायतका जिल्लाहरू र विदेशमा पनि पहिचान लागी दैलेखको कला संस्कृति, दैलेखका एैतिहासिक फोटो प्रर्दशनी गरेको बताए । सेवा समाजले स्थापना काल देखी नै काठमाडौमा दैलेखलाई चिनाउन कुनै पनि कसर बाँकी नराखेको बताए ।

सेवा समाजले काठमाडौमै कर्म थलो बनाएर देशभरी स्वास्थ्य शिबिर संञ्चालन गरी सेवा प्रवाह गरेको बताए। विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई म लगायत हाम्रो टोली पीडित सामु पुगेर सहयोग गरेका छौ, कोरोना कहरमा पनि सेवा समाजले काम गरेको छ, । देउसी भैलो खेलेर पनि विभिन्न समस्यामा परेका नागरिकहरूलाई सेवा दिएको छ । बिभिन्न समयमा स्वास्थ्य समस्या अनुसार शिबिर सञ्चालन गरेर दैलेखका नागरिकहरूका समस्या समाधानका लागि सेवा समाज हिजोदेखि आजसम्म निरन्तर लागिरहेको शाहीको भनाई छ ।

आफू पनि टिचिङ अस्पतालमा कार्यरत भएको र आम देशभरका बिरामीहरूले आफूबाट धेरै भन्दा धेरै छिटो सेवाको अपेक्षा गरे अनुसार आफ्नो क्षमताले भ्याएसम्म काम गरेको बताउँनुभयो । वार्षिक उत्सवका अवसरमा दैलेखी सेवा समाज काठमाडौँले विभिन्न क्षेत्रमा उदारणिय काम गरिरहेका व्यक्तिहरूलाई सम्मान गरेको छ । लामो समयदेखि रक्तदान मार्फत मानवीय सेवामा जोडिएको दैलेखी सेवा समाजले वार्षिक उत्सवको अवसरमा समेत रक्तदान कार्यक्रम गरेको छ ।

वार्षिक उत्सवकै अवसरमा दैलेखको समग्र विकास, कला संस्कृति, इतिहास समेटिएको ज्वाला सन्देश पुस्तकको समेत विमोचन गरिएको छ । सेवा समाजले बर्षमा आउँने दशै, तिहार र तिज बिशेष कार्यक्रममा घर जान नपाएका दैलेखीको अबिभाबक बनेर मनाउदै आएको छ । दैलेख भन्दा काठमाडौ सुबिधायुत  ठाउँ भएकाले स्वास्थ्य समस्या देखी धेरै दैलेखी जनताको काम गर्नु पर्ने भएता पनि आर्थिक अभाबले अबरोध सृजना गर्ने गरेको शाहीले बताउँने गरेको नेपाल पत्रकार महासंघ निबर्तमान केन्द्रीय सदस्य नवीन रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *