प्रेस सेन्टर दैलेखकाे अध्यक्षमा भण्डारी निर्बिरोध निर्वाचित

मातृभूमी संवाददाता । १३ पाैष दैलेख

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दैलेखको तेस्राे जिल्ला अधिवेशनले तीर्थ भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्बिरोध चयन भएका छन् । दैलेख सदरमुकाममा शनिवार भएको उक्त अधिवेशनले उपाध्यक्षमा सर्वजीत थापा मगर, तुलसी कटुवाल, सचिवमा भीम बहादुर सारु, सहसचिवमा केशव पौडेल र कोषाध्यक्षमा सुनिता सोनी चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रको संस्थाको रुपमा परिचित प्रेस सेण्टर नेपाल दैलेख शाखाको कार्य समिति सदस्यहरुमा प्रकाश पुलामी, भरतबहादुर शाही, पूर्णबहादुर बिष्ट, डेबिन थापा, रोशन थापा निर्बिरोध चयन भएका छन् । प्रदेश प्रतिनिधिमा हेमा खड्का र कृष्णप्रसाद शर्मा केन्द्रीय प्रतिनिधि रामकृष्ण कठायत छनौट भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा प्रेस सेण्टर नेपालका केन्द्रीय सचिव गणेशकञ्चन भारती, नबिन रिजाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपालकृष्ण रिजाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक सोनी, नेपाल पत्रकार महासंघ दैलेखका दोस्रो कार्यकालका अध्यक्ष कमल शर्मा लगायतले दैलेखको पत्रकारिता र सवलीकरणको आवश्यकता विषयमा आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *