कर्णालीमा टुक्रे योजना सञ्चालन गरिरहेको भन्दै पुर्बमुख्यमन्त्रीको असन्तुष्टी
जित बहादुर थापा (रोशन) । १३ पौष दैलेख
नेपाली काँग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता पूर्व मुख्यमन्त्री जीवन शाहीले प्रदेश सरकारले टुक्रे योजना सञ्चालन गरिरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । प्रेस यूनियनले दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पहिले १५ लाख भन्दा साना योजना चाल्नु हुर्दैन्न भने व्यक्ति आफै टुक्रे योजना चलाइरहेको बताएका छन्
पूर्व मुख्यमन्त्री शाहीले पहुँचका आधारमा योजना पाउने र पाएको योजनाहरु सदुपयोग नहुने यो समस्या निराकरण गर्न सबैले इमान्दार भएर सुशासन र जवाफदेहिता गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले दैलेखको माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकार र संघीय बजेट बढाउन दवाव बढाउनपर्ने आवश्यकता रहेको बताए ।
नेपाल प्रेस यूनियन दैलेखका जिल्ला सभापति अभिशेक अनुरागको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सीता कुमारी राना, जलश्रोत तथा ऊर्जा मन्त्री बिजया बुढा, कर्णाली प्रदेश सभाका सदस्य पूर्णबहादुर खत्री, नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, जिल्ला सभापति मणिराम रेग्मी लगायतको सहभागीता रहेको थियो ।