महावु गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

मातृभूमी संवाददाता । १७ षुष दैलख

महाबु गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको छ । एक कार्यक्रमकाबीच महाबु गाउँपालिका १ खरिगैरामा अपांगता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको हो । अपांगता भएका व्यक्तिहरूको पहिचान, आत्मसम्मान र स्वाभिमान पूर्वक आफुले चाहेको समावेशी समाजमा बाँच्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट अधिकतम सहयोग हुने महाबु गाउँपालिका १ का वडाध्यक्ष सर्वराज सार्कीले बताए ।

महाबु गाउँपालिका १ को आर्थिक वर्ष २०८१/०८२ को अपांगता लक्षित बजेट अर्न्तगत न्यानो कपडा वितरण गरिएको वडा सचिव हेमराज थापाले जानकारी दिए। न्यानो कपडा पाएपछि यो जाडोमा आफूले राहत महसुस गरेको स्थानीय डिलु सुनारले खुसी व्यक्त गरिन् । महाबु गाउँपालिका १ भित्रका अति अशक्त तथा अति विपन्न अपांगता भएका १६ जनालाई न्यानो कपडा वितरण गरिएको थियो ।

महाबु गाउँपालिका १ का वडाध्यक्ष सर्वराज सार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अपांगता सञ्जालका अध्यक्ष जगत सुनारले गरे । कार्यक्रमको सञ्चालन महाबु गाउँपालिका १ का प्रशासन सहायक भक्तबहादुर खत्रीले गरेकाे सहकर्मी जगत व्यन्जनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *