बालबिबाह अन्त्य साझा दायित्व
जित बहादुर थापा (राेशन) । १९ पुष दैलेख
वालविवाह विरुद्ध साझा अभियानले आफ्ना गतिविधि समन्धि जानकारी गराउनका पत्रकार भेटघाट कार्यक्रम गरेको छ । समाजका हरेक क्रियाकलापका सन्दर्भमा पत्रकारहरुले कलम चलाउने भएकोले वालविवाह न्युनिकरणका लागि समाजमा विद्यमान कुरीति र कुसंस्कारको रुपमा रहेको वालविवाह विरुद्धमा समेत सत्य तथ्य बाहिर ल्याउदै सकारात्मक सन्देश प्रवाहका लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको अभियानले जनाएको छ ।
जिल्ला समन्वय समिति दैलेखको सभा हलमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा दैलेखका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ देलेख शाखाका सचिब भिम बहादुर सिजापतीले बालविवाहको सर्न्दभमा वालविवाह विरुद्ध साझा अभियान लगाएतका संघ संस्थाको तथ्यांक र स्वास्थ्य सेवा कार्यालयको तथ्यांक फरक–फरक रहेको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा वालविवाह विरुद्ध साझा अभियानको उद्देश्य माथी सोसेक नेपालका बाल हेल्प लाइनका संयोजक रमा श्रेष्ठले वालविवाह समन्धि आफ्नो भनाइ राखेकि थिईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले बालबिबाह अन्त्य सबैको साझा दायित्व भएको बताए । अध्यक्ष सुनारले बालबिबाह अन्त्यका लागि सरोकारवाला सम्पुर्ण निकाय दत्तचित्त भएर लाग्नु पर्ने बताए ।

