दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ का तत्कालिन वडा सदस्य भ्रष्टाचारमा दोषी ठहर
मातृभूमी संवाददाता । २० पुष दैलेख
भ्रष्टाचार मुद्दा लागेका दैलेखको डुङ्गेश्रर गाउपालिका ५ तत्कालिन वडा सदस्य भक्तवहादुर शाही र परिक्षार्थी दलबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा दोषी ठहर गर्ने फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले विशेष अदालत काठमाडौँको फैसला सदर गरेको हो ।
उनीहरू सहित ४ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले आंशिक मात्र ठहर हुने भनि दुई जनालाई दोषी देखाउँदै अन्यलाई सफाइ दिएपछि प्रश्नपत्र गोपनीयता भंग गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियार पुनरावेदन गएको थियो । फोनकल र मोबाइलबाट आउट भएको प्रश्नपत्रल गायतबाट कसुर पुष्टि हुने दाबी अख्तियार गरेको थियो । २०७८ चैत ११ गते विशेष अदालतबाट भएको फैसला उपर अख्तियार सर्वोच्च गएको हो ।
डुङ्गेश्वर गाउँपालिका ५ स्थित श्री पिपल चौतारा माध्यमिक विद्यालय प्रश्नपत्र बाहिरिएपछि अख्तियारले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गाउँपालिकाको शिक्षा शाखाले लिइएको परीक्षामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डुङ्गेश्वर गाउँपालिका ५ का वडासदस्य भक्त बहादुर शाहीले परीक्षा सञ्चालन हुनु भन्दा दुई घण्टा आगावै प्रश्नपत्रको फोटो परीक्षार्थी रहेका दल बहादुर विकको मोबाइलमा पठाएका थिए ।
सो परीक्षामा प्रश्नपत्र मिलेमतोमा लिक भएको छ । हालसालै सो गाउँपालिकाको शिक्षा शाखाद्वारा लिइएका शिक्षक नियुक्तिका परीक्षाहरू सबैमा प्रश्नपत्र लिक गर्ने, आर्थिक लेनदेन गर्ने देखिएको ठहर सर्वोच्चले गरेको छ ।