दैलेखमा बोलेरो जीप दुर्घटना, दुई जना घाइते
मातृभूमी संवाददाता । २२ पुष दैलेख
दैलेखमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । खाद्यान्न र खुद्रा सामान बोकेको कर्णाली प्रदेश ०२–००१ च ०७४४ नम्बरको बोलेरो जीप मध्यपहाडी राजमार्गको भगवतीमाई गाउँपालिका ४ मनघरको पातीहाल्ने नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा जाजरकोटको कुसे गाउँपालिका २ टाले गाउँका चालक ३२ वर्षीय भगत सार्की र जाजरकोटको बारेकोट गाउँपालिका ६ नायकवाडाका २५ वर्षीय सह–चालक मोहन सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिए ।
दुबै जनाको उपचार दैलेख अस्पतालमा भइरहेको छ । उपचारपछि मात्र बाहिर पठाइने दैलेख अस्पतालका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिए ।