डेकेन्द्र स्मृति भवनका निर्माणका लागि जग्गाको खोजी हुँदै

मातृभूमी संवाददाता । २७ पुष दैलेख
नेपाल पत्रकार महासंघ दैलेख शाखाले डेकेन्द्र स्मृति भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्न चाहने दाताहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । दैलेख शाखाको सातौँ अधिवेशनको दोस्रो वैठकले सदरमुकाम क्षेत्रभित्र निःशुल्क जग्गा दान गर्न चाहने दताहरुसँग अनुरोध गर्ने र त्यति गर्दा पनि जग्गा प्राप्त नभएमा सार्वजनिक जग्गा प्राप्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको सचिव भिम सिजापतिले जानकारी दिए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा शनिवार सदरमुकाममा बसेको बैठकले डेकेन्द्र स्मृति भवन निर्माणका लागि दैलेखका राजनीतिक दल र सरोकारवालाहरुसँग बृहत छलफल गर्ने, बजेट श्रोत सुनिश्चितताका लागि दैलेखका ११ वटै पालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग समेत समन्वय बैठक गर्ने, जिल्लाका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि पत्रकार कार्यशाला गोष्ठी सञ्चालन गर्ने र पत्रकारहरुलाई प्रोत्साहित गर्न लेखनबृति कार्यक्रम सञ्चालन गर्नका लागि जिल्ला स्थित विकास साझेदार र विकासे अड्काहरुसँग अनुरोध गर्ने निर्णय गरेको दैलेख शाखाका सचिव सिजापतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *