दुई चरणमा किशोरीहरुलाई पाठेघर क्यान्सर विरुद्ध खोप लगाईने

मातृभूमी संवाददाता । १३ माघ दैलेख

स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्ला भरीका १० देखि १४ वर्ष उमेर समूहका १६ हजार भन्दा बढी किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन खोप लगाईने भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले सदरमुकाममा पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालनका लागि गरेको तथ्यांक अनुसार अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पाठेघर क्यान्सरबाट जोगाउन कशोरीहरुलाई खोप लगाउने, बयस्क महिलाहरुको पाठेघर जाँच गर्ने र निशुल्क उपचार अभियानको प्रचारप्रसारमा सघाउन सबैलाई आग्रह गरे ।

पहिलो चरणमा माघ २२ गतेदेखि २५ गतेसम्म भगवतमाई गाउँपालिका, भैरबी गाउँपालिका, डुङ्गेश्रर गाउँपालिका, गुराँस गाउँपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका र नारायण नगरपालिकाका साथै र दोश्रो चरणमा माघ २७ गतेदेखि ३० गतेसम्म दुल्लू नगरपालिका, आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिमा खोप दिइने स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिए ।

दुई चरणमा दैलेखका १ सय ५७ आधारभूत तथा माध्यमिक विद्यालमा कक्षा ६ देखि १० कक्षा पढ्दै गरेका १५ हजार ४ सय ४३ किशोरीहरुलाई विद्यालयमै र पढाई छोडेका ८ सय ५४ जना किशोरीहरुलाई विभिन्न ८३ वटा स्थानमा खोप दिने तयारी रहेको खोप अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिए । यसैविच १० देखि १४ वर्ष उमेर समूहरुका सबै किशोरीहरुलाई खोप लगाउने बाहेक ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुलाई स्वास्थ्य संस्थामा पाठेघर जाँच गर्ने र आवश्यकता अनुसार निशुल्क उपचार सेवा पुर्‍याउने अभियानको कार्यक्रम समेत रहेको खोप अधिकृत रेग्मीले बताए ।

पाठेघरको क्यान्सर लागेका मध्ये ६६ प्रतिशत महिलाको अकाल मृत्यू हुने गरेको तथ्यांक पत्ता लागेपछि नेपाल सरकारले किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन खोप लगाउने, ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुको पाठेघर जाँच गर्ने र निशुल्क उपचारको व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *