डुङ्गेश्वर गाउँपालिकामा पाँचौ अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

मातृभूमी संवाददाता । १५ माघ दैलेख
डुङ्गेश्वर गाउँपालिकामा पाँचौ अध्यक्ष कप खुला पुरुष भलिबल तथा ब्याटमिन्टल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १९ गतेदेखि सुरु हुने गाउँपालिकाको खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता माघ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष राजु कुमार खत्रीले जानकारी दिए । प्रतियोगिता डुङ्गेश्वर गाउँपालिका १ चुप्रा स्थित त्रिवेणी संगम माध्यामिक विद्यालयमा सञ्चालन हुने छ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि माघ १८ गते बेलुका ५ बजेसम्म टीम दर्ताको समय अवधि रहेको छ । टीम दर्ताको लागि भलिबल तर्फ ४ हजार ९ सय ९९ र ब्याटमिन्टन तर्फ १ हजार रुपैयाँ शुल्क तोकिएको खेलकुद विकास समितिका अध्यक्ष खत्रीले जानकारी दिए । प्रतियोगितामा भलिबल तर्फ प्रथम पुरस्कार १ लाख १ हजार, द्धितिय पुरस्कार ५१ हजार, र तृतिय पुरस्कार २५ हजार रहेको छ भने उत्कृष्ट हुने खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार राखिएको अध्यक्ष खत्रीले बताए ।

उनका अनुसार ब्याटमिन्टन तर्फ प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार र तृतिय पुरस्कार ५ हजार रहेको छ भने उत्कृष्ट हुने खेलाडिलाई २ हजार रुपैयाँ पुरस्कार रहेको छ । दैलेखका ११ वटै स्थानीय तहबाट प्रतियोगितामा सहभागिता रहने अपेक्षा गरिएको खेलकुद विकास समितिका अध्यक्ष खत्रीले बताए ।

                            खेलका नियमहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *