दैलेख मोडेल स्कुलमा क्रिकेट प्रतियोगिता हुने

जित बहादुर थापा/रोशन । १५ माघ दैलेख

दैलेलको नारायण नगरपालिका ६ मा रेहको दैलेख मोडेल स्कुलमा टी–१२ पहिलो संस्थापक क्रिकेट प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यही माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने विद्यालयका पिरिन्सिपल सुरेन्द्र शाहीले जानकारी दिए

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार १ सय, द्धितिय पुरस्कार १५ हजार १ सय, र तृतिय पुरस्कार ७ हजार १ सय रहेको छ भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीलाई ५ सय रुपैयाँ पुरस्कार रहेको प्रिन्सिपल शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *