दैलेखमा चितुवा मृत फेला, बिष खुवाएर मारेकाे अनुमान


मातृभूमी संवाददाता । १९ माघ दैलेख
पहाडी बाघ भनेरै चिनिने चितुवा मृत फेला परेको छ । दैलेखको आठबीस नगरपालिका ३ देउली थाप्ले सामुदायिक वनको बडा खोला भन्ने ठाउँमा अन्दाजी ४ वर्षको पोथी चितुवा मृत अवस्थामा फेला परेको सव डिभिजन वन कार्यालय राकमका वन अधिकृत विवेक बेलबासेले जानकारी दिए ।

स्थानीयले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय दैलेखको टोलीले घटना स्थलबाट दैलेख सदरमुकाम ल्याई पशु अस्पतालमा मृत चितुवाको शव पोष्टमार्टम गरी शुक्रबार साँझ जमिनमा गाडिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिए ।

बाघले मारेको पशु बस्तुमा कसैले बिष हालेको, दोहोर्‍याएर मासु खान आएको र त्यही विषले लागेर अलि टाढा गएर चितुवाको मृत्यू भएको हुन सक्ने अनुमान रहेको डिभिजनल वन अधिकृत दासले बताए । घटनाको अनुसन्धान थालिएको उनले जानकारी दिए । मृत चितुवाको तौल २७ केजी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *