बालिका बलात्कारको प्रयास गरेको कसूरमा ९ वर्ष कैदकाे फैसला

मातृभूमी संवाददाता । २१ माघ दैलेख
बालिकालाई बलात्कारको प्रयास गरेको कसूरमा दैलेख जिल्ला अदालतले एक युवकलाई ९ वर्ष कैदको फैसला गरेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका २ का ३७ वर्षीय खगेन्द्र अधिकारीलाई ९ वर्ष कैद, साढे ३ लाख रुपैंयाँ जरिवानाको फैसला गरेको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार उपसचिव मल्लले बताए । २०८० कात्तिक ८ गते चाल्ने चौतारा नजिक जंगलमा बलात्कार प्रयास गरेको भनी कात्तिक १४ गते प्रहरीमा पीडित पक्षले उजुरी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *