प्रेस चौतारी दैलेखको नेतृत्व सर्वसहमतिमा चयन
मातृभूमी संवाददाता । २१ माघ दैलेख
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको नेतृत्व सर्वसहमतिले चयन भएको छ । दैलेख शाखाको ७ औँ जिल्ला अधिवेशनले उदयराज अधिकारीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कमिटी सर्वसहमतिमा चयन गरिएको हो ।
नवनिर्वाचित जिल्ला कमिटीको खुल्ला उपाध्यक्षमा पृथ वयलकोटी, महिला उपाध्यक्षमा पानसरा सिंह, सचिवमा यामराज विष्ट, कोषाध्यक्षमा रमेश भट्टराई, सहसचिब खुल्लामा खगेन्द्र खड्का, समावेशीमा हिमेन्द्र विश्वकर्मा चयन भएका छन् ।
नयाँ जिल्ला कमिटीलाई बधाई तथा शुभकामना दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले जिम्मेवार पत्रकारितामा सबै अग्रसर हुनुपर्ने बताए । उनले निर्वाचित कमिटीले सङ्गठनको नीतिको पालना गर्दै अघि बढ्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ दैलेखका पुर्वअध्यक्ष यज्ञराज थापा र प्रेस चौतारी नेपाल दैलेख शाखाका पूर्वअध्यक्ष पुष्कर थापाले नयाँ कार्य समितिलाई बधाई दिँदै सबैसँगको सहकार्यमा जिल्लामा संगठनलाई मजबुत बनाउँदै जानुपर्ने बताएका थिए ।