पत्रकारहरू प्रविधिमा पोख्त हुनुपर्छ : हुलाक अधिकृत थापा

मातृभूमी संवाददाता । ०३ फागुन दैलेख
जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख निर्मला थापाले पत्रकारहरु प्रविधिमा पोख्त हुनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासंघ दैलेखले आयोजना गरेको ग्राफिक डिजाइन सम्वन्धी ७ दिने तालिमको समापनमा वोल्दै जिल्ला हुलाक अधिकृत थापाले पत्रकारहरु प्रविधिमा पोख्त हुनुपर्ने वताएकी हुन् । हुलाक अधिकृत थापाले बदलिदो समयमा प्रविधिबारे पत्रकारहरु पोख्त हुनपर्ने बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष पुस्कर थापाले नेपाल पत्रकार महासंघ दैलेख शाखाले पत्रकारहरुको क्षमता विकासका लागि गरिरहेको प्रयासहरुको प्रशंसा गर्दै यसले पत्रकारहरुको व्यवसायिक क्षमता विकास हुने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको ७ दिने ग्राफिक डिजाइन तालिमको समापन कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रीय सचिव बिशाल सुनार, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविन रिजाल, प्रशिक्षार्थी यामराज बिष्ट, रोमी श्रेष्ठ लगाएतले आ–आफ्‌नो भनाई राखेका थिए ।
तालिमका प्रशिक्षक तीर्थ भण्डारीले तालिमको महत्वबारे आफ्‌नो भनाई राखेका थिए । फोटोसप, इन्डिजाइन लगायतका पत्रकारका लागि आवश्यक पर्ने ग्राफिक विषयमा प्रशिक्षण दिइएको तालिममा ११ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *