भैरवीका किसानलाई प्रशिक्षण

मातृभूमी संवाददाता । ०३ फागुन दैलेख
दैलेखको भैरवी गाउँपालिकाका कृषकहरुलार्ई नर्सरी ब्याड निर्माण तथा जैविक विषादी सम्बन्धी प्रशिक्षण दिईएको छ । एई.आई.एन. लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा भैरवी गाउँपालिकामा संचालित आधार परियोजनाको सहयोगमा कृषकहरुलार्ई नर्सरी ब्याड निर्माण तथा जैविक विषादी सम्बन्धी प्रशिक्षित गरिएको हो ।
भैरवी गाउँपालिका २ मा गठित चिन्तेमय कृषि समूहका सदस्यहरूलाई व्यावसायिक तरकारी खेती प्रवद्र्धन गर्ने उद्देश्यले नर्सरी ब्याड निर्माण तथा जैविक विषादी सम्बन्धी विशेष प्रशिक्षण तथा सहजीकरण गरिएको हो । उक्त कार्यक्रम अर्न्तगत किसानहरूलाई नर्सरी ब्याड निर्माणका तरिकाबारे विस्तृत जानकारी प्रदान गरिएको सोसेक नेपालद्वारा संचालित आधार परियोजनाका कृषि प्राविधिक सम्झना थापाले जानकारी दिईन् ।
उनका अनुसार नर्सरी ब्याड विभिन्न प्रकारका हुने र ती मध्ये उन्नत व्याड, उठाइएको व्याड र सिधा माटोमा बनाइने ब्याडका वारेमा कृषकहरुलाई जानकारी गराईएको थियो । कृषकहरुलाई सहजीकरण गर्दै हावापानी, माटोको बनावट तथा सिँचाई प्रणाली अनुसार उपयुक्त ब्याड छनोट गर्ने विधि समेत सिकाइएको कृषि प्राविधिक थापाले वताईन् ।
व्यावसायिक तरकारी खेतीलाई थप प्रवद्र्धन गर्न कार्यक्रमकै क्रममा चिन्तेमय कृषि समूहका किसानहरूलाई काक्रो, करेला, सिमी, फर्सी, भण्टा, खुर्सानी, साग तथा टमाटरका उन्नत जातका बीउ समेत वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *