भागबण्डा नमिल्दा आफ्‌नै साथिको हत्या

प्रतिकात्मक तस्वीर : गुगलवाट

मातृभूमी संवाददाता । ०४ फागुन दैलेख
दैलेखको दुल्लुमा चोरी गरेको सामानमा भागबण्डा नमिल्दा दुई जना किशोरले आफ्‌नै साथिको हत्या गरेका छन् । दैलेखको दुल्लू नगरपालिका ५ रिजुपोखराका ११ वर्षीय बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिए ।
बाबुआमा मजदूरीका लागि भारतमा रहेका वेला १७ वर्षीय दाजु र १४ वर्षीय भाईले आफूसंगै चोरीमा संलग्न गराएको र चोरी गरेको सामानमा भागबण्डा नमिल्दा आफ्‌नै ११ वर्षीय साथि (नाम परिबर्तित) रिजु ३ को हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले वताए ।
माघ २५ गते दिउँसोदेखि हराएका रिजु ३ लाई त्यही दिन दिउँसो हत्या गरी राति घर नजिकै जमिनमा गाडेको अवस्थामा प्रहरीले फागुन ३ गते (शनिवार) शव निकालेको थियो । आफूसँगै हिडाउने गरेका ती बालकका अभिभावकले फकाएर सोधपुछ गर्दा ९ दिनपछि रिजु ३ को शव फेला परेको हो ।
हत्या गरिएका बालकको शव दैलेख अस्पतालमा पोष्टमार्टम गरिएको छ । घटना बारे पीडित पक्षको जाहेरी लिइएको र अदालतबाट म्याद थप गरि आरोपित दाजुभाईलाई प्रहरीले बाल निगरानी कक्षमा राखी घटनाको थप अनुसन्धान थालिएको डीएसपी दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *