दैलेखमा भैरहेका विकास निर्माणबारे सरकारको ध्यानाकर्षण

मातृभूमी संवाददाता । ०४ फागुन सुर्खेत
कर्णाली प्रदेशसभा सदस्य कृष्ण कुमार विसीले दैलेख जिल्लामा संचालित विकास निर्माणमा भैरहेको ढिलासुस्तीका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेश सभाको आईतवार बसेको बैठकको विशेष समयमा वोल्दै प्रदेशसभा सदस्य विसीले दैलेख जिल्लामा संचालित विभिन्न विकास निर्माणमा भएको ढिला सुस्तिको विषयमा सरकार मार्फत सम्वन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेशसभा बैठकमा वोल्दै सांसद विसीले दैलेख–सुर्खेत सडकलाई २ लेनको बनाउन पहल गर्नुपर्ने, दैलेख–नौमूले–कालिका–जाजरकोट जुनिचाँदे सडकको काम तत्काल निर्माण गर्न पहल गर्नुपर्ने, दैलेख–खुर्सानीवारि–भैसाखोर–महाबु–नाग्म सडकको काम निरन्तर हुनुपर्ने र छिटो छरितो हुनुपर्ने भन्दै संसद् मार्फत् सम्वन्धीत निकायको ध्यानाकर्षण गराएका थिए ।
यसैगरी दैलेखको डुङ्गेश्वर सडकको काम तत्काल सुचारु गर्नुपर्ने, दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् कार्यमा प्रदेश सरकाले चासो दिनुपर्ने र प्रशोधन दैलेखमै हुनुपर्नेमा सांसद् विसीले जोड दिए ।
सांसद् विसीले दैलेख अस्पताल, महाबु अस्पताल र नारायण नगरपालिका ११ को स्वास्थ्य चौकी लगायत विभिन्न स्वास्थ्य संस्थाका निर्माणाधीन भवनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न प्रदेश सरकार मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश सभा वैठकमा वाेल्दै माननीय कृष्ण कुमार विसी भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *