मातृभाष बारे वक्तृत्वकला प्रतियोगिता समपन्न


मातृभूमी संवादादाता । ०९ फागुन दैलेख

सुशासनको खबरदारी गर्दै आएको बास नेपाल दैलेख शाखाले नारायण बहुमुखी क्याम्पसमा ‘हाम्रो मातृभाष, हाम्रो पहिचान’ वक्तृत्वकला प्रतियोगिता समपन्न भएकाे छ । वक्तृत्वकला प्रतियोगितामा सुष्मा शाही प्रथम, लक्ष्मी राना मगर द्वितीय र लक्ष्मी थापा मगर तृतीय भएकी थिईन् । उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र दिइएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा नारायण बहुमुखी क्याम्पसमा अध्ययनरत ७ जना सहभागीले अर्न्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा शुक्रबार उक्त प्रतियोगिता गरिएको बास दैलेखका अध्यक्ष कृष्णकमल अधिकारीले जानकारी दिए । कार्यक्रममा जंग बोगटी, कृष्ण देवकोटा लगायतका कविता सुनाएका थिए ।

नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर शाहीले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको अन्तरनिहीत क्षमता अभिबृद्धि गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, सुशासनकर्मी धिरेन्द्र शाही, नारायण बहुमुखी क्याम्पसका स्ववियू सभापति हेमराज बस्नेतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *