सुर्खेतमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते
मातृभूमी संवाददाता । १५ फागुन
दैलेखको दुल्लु नगरपालिकाबाट यात्रु लिएर वीरेन्द्रनगर जार्दै गरेको फोर्स गाडी दुर्घटनामा भएको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी सुर्खेत बाँगेशीमल प्रहरी चौकी देखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा भएको हो ।
दुर्घटनामा दुइ बालबालिका सहित १६ जना यात्रु घाइते भएका छन् । उनीहरू मध्ये आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।
दुर्घटनाको कारण खुलेको छैन् । गाडी सडकदेखि १२ मिटर तल खसेको उनले बताए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।