फूलबारीका प्रिन्सिपल थापा केन्द्रिय सदस्यमा निर्बाचित
मातृभूमि संवाददाता । २८ फागुन दैलेख
फूलबारी बिद्या मन्दिर दैलेखका संचालक एवं प्रिन्सिपल सुबास कुमार थापा निजि तथा आबासीय बिद्यालय अर्गनाइजेसन (प्याव्सन)को केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् । थापा प्याब्सनको केन्द्रिय सदस्यमा अत्याधिक मत ल्याएर विजय भएका हुन् ।
निजि तथा आबासीय बिद्यालय अर्गनाइजेसन (प्याव्सन) दैलेखको अध्यक्ष, कर्णाली प्रदेशको उपाध्यक्ष हुँदै थापा केन्द्रिय सदस्य निर्बाचित भएका हुन् । थापाले नेतृत्व गरेको फूलबारी बिद्या मन्दिर दैलेख जिल्लाकै अब्बल बिद्यालय हो ।
थापालाई यस अघि नेपाल सरकारले उत्कृष्ट प्राध्यापकबाट सम्मान समेत गरेको थियो । थापा दैलेख जिल्लाका युवा समाजसेवी, युवा राजनीतिज्ञका रूपमा परिचीत छन् । उनले दैलेख जिल्लाका विभिन्न संघ संस्थामा आबद्ध छन् ।
संन्चार क्षेत्रमा रुचि राख्ने केन्द्रिय सदस्यमा निर्बाचित थापा रेडियो मातृभूमि एफ. एम. ९६.५ मेगाहर्ज दैलेखका शेयर सदस्य समेर हुन् । ऊनी नेपाली काङ्ग्रेस दैलेखको युबा नेताको रुपमा समेत परिचित छन् ।