दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु
मातृभूमी संवाददाता । ०१ चैत दैलेख
भैरबी गाउँपालिका ५ सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।
गाउँमा वर्ष दिनको बरखीका लागि रुख काट्न गएका ४९ वर्षका तर्क बहादुर शाही र २७ वर्षका ईन्द्र बहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।