सिटिजन्स बैंकद्धारा वेद विद्याश्रममा निःशुल्क स्वास्थ्य परिक्षण

मातृभूमी संवाददाता । ०२ चैत्र
दुल्लु नगरपालिका १० मा रहेको पञ्चकोशी वेद विद्याश्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सिटिजन्स बैंक दुल्लु शाखाको आयोजना र दुल्लु नगरपालिकाको सहकार्यमा विद्याश्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । विद्याश्रमका विद्यार्थीहरू तथा नजिकका समुदायका करिब दुई सय भन्दा वढिको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परिक्षणमा बैंकद्वारा करिब ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा जिल्लाका विशिष्ट चिकित्सकहरू, वडाध्यक्ष तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा बैंक परिवार अत्यन्तै हर्षित भएको बंैकका एक कर्मचारीले वताए । आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूमा संलग्न रहने प्रतिबद्धता बैंकको दुल्लु शाखाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *