विद्यार्थीले लेख्न सुरु गरेपछि परीक्षा स्थगित


मातृभूमी संवाददाता । ०३ चैत सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगन गरेको छ । स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अर्न्तगत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । यसमा विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट भएका छन् ।
एक विद्यार्थीका अनुसार आइतबार बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए । हामीले लेख्न सुरु पनि गरिसकेको थियौँ, ती विद्यार्थीले भने एक्कासि परीक्षा स्थगन भएको भनियो ।’
विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा आधिकारिक, स्पष्ट जानकारी नगराएको विद्यार्थीहरुले बताएका छन् । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ । कारण भने खुलाइएको छैन् ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शोभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थगित भएको जवाफ दिए । विद्यार्थीलाई भने पूर्व जानकारी नगराएको बताइएको छ । चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको विद्यार्थीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *