चामुण्डा प्रिमियर लिग क्रिकेट हुने
मातृभूमी संवाददाता । ०६ चैत दैलेख
चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रथम दैलेख जिल्ला अन्तरपालिकास्तरिय चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । स्थानीयस्तरमा खेलकुदको विकास तथा खेलाडीको क्षमता विकास गर्न स्थापना भएको चामुण्डा बिन्द्रासैनी स्पोट एकेडेमीको स्थापना उपलक्ष्यमा यहि चैत्र १५ गतेदेखि १९ गतेसम्म विन्द्रासैनी खेलमैदानमा १२ ओभरको क्रिेकेट प्रतियोगिता हुने बुधवार चामुण्डा विन्द्रासैनीमा पत्रकार सम्मलेन गरि स्पोट्र्स एकेडेमीले जानकारी दिएको हो ।
दैलेखका ११ वटै पालिका तथा दर्ता भएका क्लवको सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई ७१ हजार १ सय ७१, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछन भने द्धितीय ४१ हजार १ सय ४१ तृतिय २१ हजार १ सय २१ र सान्त्वना हुने टिमले ११हजार १ सय ११ रुपयाँ पुरस्कार प्राप्त गर्ने छन् । करिव ६ लाख २० हजार खर्च अनुमान गरिएको छ । क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बडिमालिका निमार्ण सेवा, विरेन्द्रनगर सुर्खेत रहेको छ । प्रतियोगिमा चामुण्डा विन्द्रासैनी नगरपालिका, कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्र.लि सुर्खेत, सफल निमार्ण सेवा नेपालगञ्ज, सुशान्त निर्माण सेवा सुर्खेत लगाएतको सहकार्य रहेको छ ।