दैलेख–सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार गर्न सांसद थापाको माग


मातृभूमी संवाददाता । ०६ चैत दैलेख
प्रतिनिधि सभा सदस्य अमर बहादुर थापाले दैलेख–सुर्खेत सडक खण्डलाई दुई लेनमा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले उक्त सडक खण्डलाई फराकिलो बनाउन पटक–पटक पहल भए पनि सरकारले उपेक्षा गरिरहेको बताए ।
दैलेख–सुर्खेत सडक सन् (२०५० साल) मा निर्माण भएको भए पनि हालसम्म एकलेन मात्र छ । दुइलेन बनाउन पटक–पटक माग गर्दा पनि सरकारले कुनै चासो देखाएको छैन । साथै उहाँले सुर्खेत–दैलेख–महाबु सडक खण्डको निर्माणलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए ।
उक्त सडक निर्माणले पूर्व कर्णाली क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उनले बताए । यो योजना गौरवशाली भएकाले सरकारले यसलाई विशेष योजना बनाएर अघि बढाउनु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *