डुङ्गेश्वर गाउँपालिकाले पानी संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्दै

मातृभूमी संवाददाता । ०७ चैत दैलेख
खानेपानीको मुहना सुक्न नदिन दैलेखको डुङ्गेश्वर गाउँपालिको ४ अवलपराजुलको सामुदायिक बन क्षेत्रमा पानी भरण रिर्चाज पोखरी निर्माण गर्न लागिएको छ । डुङ्गेश्वर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकाको वडा नं. ४ गुरुङगाडे सामुदायिक बन र कालापोखारा नारायण थान जगनाथ डाँडामा सात वटा रिचार्ज पोखी निर्माण गर्न लागेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत नन्दराज रेग्मी जानकारी दिए ।
गाउँपालिकाका रोजगार संयोजक कर्ण बहादुर शाहीले गाउँपालिकामा खानेपानीको अभाव भइराख्ने समस्यालाई समधान गर्नका लागी रिचार्च पोखरी निर्माण गर्न लागिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सामुदायिक बन क्षेत्रमा पानी भरण रिचार्ज पोखरी निर्माण गर्ने कार्य सुरु गरिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको ९ लाख ४२ हजार रुपिँयामा सात वटा रिचार्ज पोखरी निर्माण गर्न लागेको बताए । सो कामबाट १४ जनाको रोजगारी सिर्जना भएको उनले बताए ।डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकामा खानेपानीका मुहान सुन्न नदिन सामुदायिक वनभित्र पहिलो पटक रिचार्ज पोखरी निर्माण गर्न लागिएको बताए । उनले तल्लोे भेगका खानेपानीको मुहान सुक्न नदिन तथा चिस्यान कायम राख्न, बढी चिस्यान आवश्यक पर्ने वनस्पति संरक्षण तथा वन्यजन्तु लगायतका जीवजन्तुका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने उद्देश्यले रिचार्ज पोखरी निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *