दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु


मातृभूमी संवाददाता । ०९ चैत दैलेख
चट्यांग लागेर एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका ६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा  मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिक रहेको भैसी गोठमा पानि परेपछि भैसीहरू भित्र सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागी आफन्तहरुले दुल्लु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।
मृतकको शव अहिले दुल्लु अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *