खेलकुदले देशको विकासमा सहयोग पुग्छः मन्त्री भण्डारी
मातृभूमी संवाददाता । १५ चैत दैलेख
चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रथम दैलेख जिल्ला अन्तरपालिका स्तरीय चामुण्डा प्रिमियर कप क्रिकेट प्रतिगोगिता २०८१ आजदेखी शुरु भएको छ । चामुण्डा बिन्द्रासैनी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम दैलेख जिल्ला अन्तरपालिका स्तरीय चामुण्डा प्रिमियर कप क्रिकेट प्रतिगोगिता २०८१ आजदेखी शुरु भएको हो ।
आजदेखी शुरु भएको प्रतियोगिता यहि चैत्र १९ गते सम्म बिन्द्रासैनी खेल मैदानमा १२ औँ ओभरको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलले शारिरीक तन्दुरुस्तीका साथै समग्र देशको विकासमा सहयोग पुग्ने वताए ।
उनले चामुण्डाविन्द्रासैनी नगरपालिकाको भौतिक पुर्वाधार विकासका लागि सँधै लागिरहेको र आगामी दिनमा पनि अझ जोडवलका साथ लागि पर्ने वताउँदै प्रतियोगिताको सफलताको शुभकामना दिए ।
चामुण्डा बिन्द्रासैनी स्पोर्टस एकेडेमिका अध्यक्ष दशरथ शाहीले प्रतियोगितामा सहभागी भई प्रथम हुने क्रिकेट टिमले ७१ हजार १ सय ७१, द्धितीय हुने टिमलाई ४१ हजार १ सय ४१, तृतिय हुने टिमलाई २१ हजार १ सय २१ र सान्तवना टिमलाई ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने बताए ।
उनले दैलेखमा पहिलो पटक ठुलो राशीको क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार करिव ६ लाख २० हजार खर्च अनुमान गरिएको क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको बडिमालिका निमार्ण सेवा, विरेन्द्रनगर सुर्खेत, चामुण्डाविन्द्रासैनी नगरपालिका, कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रा.लि. सुर्खेत, सफल निमार्ण सेवा नेपालगञ्ज, सुशान्त निर्माण सेवा सुर्खेत को सहकार्य रहेका छ ।
यस्तै आज पहिलो दिन दुई वटा खेल भएका छन् । आज चामुण्डा विन्द्रासैनी नगरपालिका र ठाँटिकाँध गाउँपालिकावीच भएको पहिलो खेलमा ठाँटिकाँध गाउँपालिका विजयी भएको छ । ठाँटिकाँध गाउँपालिकाले चामुण्डा विन्द्रासैनी नगरपालिकालाई ९ विकेटले हराएको छ ।
यसैगरी दुल्लु नगरपालिका र नारायण नगरपालिकावीच आजै भएको दोस्रो खेलमा नारायण नगरपालिका विजयी भएको छ । नारायण नगरपालिकाले दुल्लु नगरपालिकालाई ५८ रनले हराएको चामुण्डा बिन्द्रासैनी स्पोर्टस एकेडेमिका सचिव शुरेन्द्र शाहीले जानकारी दिए ।