शिक्षक संगठन दैलेखको अध्यक्षमा थापा सर्वसम्मत निर्वाचित
भगवती खत्री । १८ चैत्र दैलेख
नेपाल राष्ट्रिय शिक्षक संगठन दैलेखको अध्यक्षमा रुद्रबहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् । दैलेख सदरमुकाममा सम्पन्न १४औं जिल्ला अधिवेशनबाट संगठनको अध्यक्षमा थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।
३२ सदस्यीय कार्यसमितीको उपाध्यक्ष दुई जनामा द्वारीका शर्मा र दुर्गाप्रसाद पोखरेल, सचिव प्रेम दाहाल, कोषाध्यक्ष कनक बहादुर शाही, सह–सचिव कृष्णा रेग्मी र सह–कोषाध्यक्ष विमला सिँह निर्वाचित भएका छन् ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेलले शिक्षकहरुको हरेक मुद्दामा पार्टीको सँधै साथ र सहयोग रहने बताए । पोखरेलले संगठनलाई अझै मजबुत बनाउँदै लैजाउनु पर्ने बताए ।
नेकपा एमाले कर्णाली प्रदेशका उप–सचिब रबिन्द्रराज शर्माले चुनौती र सस्यालाई समधान गरेर अगाडी बढ्नु पर्ने बताए । शर्माले शैक्षिक सुधारको लागि शिक्षकहरूको भुमिका महत्वपूर्ण हुने बताए ।