दैलेखको दुल्लुमा दिउँसै लुटपाट

मातृभूमी संवाददाता । १९ चैत्र दैलेख
दैलेखमा दुल्लुमा दिनदाहाडै दुई जना वृद्धाको सुन लुटिएको छ । दुल्लु नगरपालिका ४ कालाखोला घर भएकी दुई महिलालाई अपरिचित व्यक्तिले सुन लुटपाट गरेर घाइते बनाएका छन् । दुल्लु नगरपालिका ५ रिजुबाट पिपलपानी हालेर घर फर्किदै गर्दा उनीहरु शान्ति बजार नजिकैको जंगलमा लुटिएका हुन् ।
जंगलको बाटो फर्किदै गर्दा दुई जना अपरिचत व्यक्तिले हातपात गरेर सुन लुटेको ईलाक प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए । घटनाबारे जानकारी पाए लगत्तै उनीहरुको उद्दार गरेर एक जनालाई उपचारका लागि दुल्लु अस्पताल पुर्‍याएको अर्यालले वताए ।
प्रहरीका अनुसार लुटिनेमा दुल्लु नगरपालिका ४ कालाखोलाका अन्दाजी ७० वर्षीय जमुना कामी र धर्मी कामी रहेका छन् । दुवै जनाले लगाएको दुई ओटा तिलहरी र एउटाको मडहरी चोरेर भागेको प्रहरीको भनाई छ ।
रिजुपोखराबाट घर फर्किने छोटो बाटो भातर्डीको जंगल भएर जाँदै गर्दा उनीहरू लुटिएको प्रहरीले जनाएको छ । लुटिएका महिलाहरुले दिएको जानकारी अनुसार लुट्ने व्यक्ति ११ र १८ वर्ष उमेर समुहका छन् ।
यसअघि पनि त्यो ठाउँमा लुटपाट हुने गरेको स्थानीयले बताएका छन् । लुटपाटमा संलग्न व्यक्तिको खोजीका लागि प्रहरीले शुक्ष्म निगरानी राखेर अनुसन्धान थालिएको अर्यालले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *